मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

सुनसरी - सनिबार उद्घाटन कार्यक्रम विवाद र झडपसम्मको घटना भएको भोलि पल्ट आईतबार नै नेपाल निजामती कर्मचारी युनियन सुनसरीको नवौ जिल्ला अधिवेशनले नेतृत्व सर्वसहमतीमा चयन गरेको छ । युनियनको नवौ अधिवेशनमा विवाद भएपनि आईतबार नेपाली काग्रेंसका केही नेताहरुको उपस्थितीमा आयोजक समितिका अध्यक्ष निखिल पोखरेलले सर्वसहमतीमा श्यामकिसोर मण्डललाई अध्यक्ष घोषणा गर्नुभएको हो । मण्डलको नेतृत्वमा युनियनको जिल्लामा उपाध्यक्ष राजकुमार मेहता र सचिवमा सन्तोश अधिकारीलाई चयन गरेको जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरु नेपाली काग्रेंसका पार्टी नेताहरुको समन्वयमा भागवण्डा गरेर मिलाउने जनाएको छ । नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले भने समहमतीको प्रयास गर्ने भनेको तर समिति नै चयन भएको वा घोषणा भएको थाहा नभएको प्रतिकृया दिनुभयो ।

उता आयोजक समिति उपाध्यक्ष हिरा साहले आफू अध्यक्षको दाबेदार रहेको र सनिबार केही व्यक्तिहरुले व्यानर च्यातिदिएको, माईनोट लुटेर लगेकोले सर्वसहमती चयन गरेको कुरा आफूलाई थाहा नाएको प्रतिकृया दिनुभयो ।

केन्द्रिय पार्षदमा निखिल पोखरेल, शिवनारायण यादवलाई चयन गरेको छ । त्यसैगरी प्रदेश पार्षदमा हिरा साह, उमेश राय र राजु ढुगांना सहित चयन भएको जनाएको छ । निर्वाचित उपाध्यक्ष राजकुमार मेहताले युनियनका प्रदेश अध्यक्ष र जिल्लाका अध्यक्ष सहितको उपस्थितीमा सहमतीमा समिति घोषणा गरेको दावी गर्नुभयो ।

एक कर्मचारी नेताले अनावश्यक रुपमा उद्घाटन सत्र वितोल्ने र हुलहुज्जत गर्ने कार्य गरेको समूहलाई नेतृत्व दिएकोमा आफूहरुको असहमती रहेको प्रतिकृया दिनुभयो ।

सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी युनियन सुनसरीको नवौ जिल्ला अधिवेशनले चयन गरेको नेतृत्वका पदाधिकारीहरु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार